Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला परिचय

2076-05-17

2076-05-17


भारत संगको ८०.८ कि.मी. सम्म खुला सिमानाका जोडिएको बर्दिया जिल्ला पाँच नं.  प्रदेशमा पर्दछ । यो जिल्लाको पुर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश को बहराईच जिल्ला पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्ग कि.मी. मध्ये दुई तिहाइ भन्दा बढी भु-भाग (६८.७६प्रतिशत)  तराईको समथल जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२४ प्रतिशत) चुरे पर्वत पर्दछ । बिगतमा आदीबासी ‍थारुहरुको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरुमा बाहिरी जिल्लाहरुबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक बिबिधता रहेको छ ।

बि.स. १९१४ मा भारतमा भएको सिपाही बिद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले ईष्टईण्डिया कम्पनीलाई सहयोग गरेवापत बि.स. १८७३ को सुगौली सन्धीबाट गुमेको भु-भाग मध्ये बि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कंञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगाएत उल्लेखित जिल्लाहरु नयाँ मुलुकको रुपमा पनि चिनिन्छन । यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति, धार्मिक एवम् पौराणीक आख्यानहरु रहेको पाइन्छ । ति मध्ये केही यस प्रकार छन् ।

  • थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ । वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरनक्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरु धेरै बसोबास गर्ने भएकाले पछि वर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ ।
  • साविक पदनाह गा.वि.स. हालको बारबर्दिया नगरपालिकामा वारवर्दिया भन्ने गाँउ छ, पहिले यसै ठाँउमा हरिहर उपाध्याय नामका ठुला जमिन्दारको महल थियो । वर्दियामा खेतिको लागि उन्नत जमिन भएको कारण बाहिरबाट बसाई सराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो, अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण, देशकै ठूलो कर्णाली नदी, धार्मिक–भाषिक विविधता,      अन्न भण्डार, विविध धार्मिक पर्यटकीय स्थल, धार्मिक साँस्कृतिक, सहिष्णुता समाज समेतले बर्दियाको    चिनारी दिइरहेको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-03 10:48:31

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया .