Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बर्दिया

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

सोमबार, असार ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नागरिकता तथा प्रतिलिपी शाखाको नागरिक सेेवा वडापत्र कोठा नं. २

लाग्ने समय

प्रमाण पुगेकोमा पेश भएकै दिन ।

शुल्क

नयाँ नागरिकताको लागि रु. १० को टिकट ।

प्रतिलिपी नागरिकताको लागि रु. १३ को टिकट ।

जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने अधिकारी डिल्लीराम आचार्य
(क) वंशज नेपाली नागरिकता प्रमाणपत्रः-

१)फोटो समेत प्रमाणित गरी सिफारिस गरिएको अनुसूची–१ फाराम ।
२) वावुआमाको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति ।
३) हालसालै खिचिएकोे फोटो ४ प्रति ।
४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा जन्म दर्ता ।
५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने नाता खुल्ने एकाघरको व्यक्ति ।
६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता ।
७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा । आवश्यक परे अभिलेख माग गर्ने ।
८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत ।
९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र ।
१०) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।

(ख) वैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र महिलाका लागिः-

१) फोटो समेत प्रमाणित गरिएको अनुसूची–७ फाराम 
२) विवाह दर्ता प्रमाण र सपथ पत्र
३) सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण तथा हुलाक रसिद ।
४) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र ।
५) हालसालै खिचिएकोे फोटो ४ प्रति ।
६) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।

(ग) ना.प्र.प.को प्रतिलिपीः-

१) फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.प.नं. र जारी मिति खुलाउने) 
२) हालसालै खिचिएकोे फोटो ४ प्रति । सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति र निजको नेपाली प्रमाणपत्रको छायाप्रति ।
३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको ना.प्र.प. को छायाप्रति र सनाखत, 
४)अन्य जिल्लावाट विवाह÷बसाइसराइ गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र र साविक जिल्लाको अभिलेख 
५) अभिलेख झुत्रो भै तथा फेला नपरेको हकमा अभिलेखको प्रकृती हेरी नयाँ जारी तथा पुरानो सक्कल ना.प्र.खिची प्रतिलिपी जारी हुने ।
६) संशोधन सहित प्रतिलिपी जारी गर्न पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु संलग्न हुनु पर्ने ।
७) नागरिकताको सामान्य संशोधन प्रचलित कानून अनुसार हुने ।
८) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।

 

कोठा नं. २ बाट कार्य सम्पन्न हुने । 

प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।

2

राहदानी शाखाको नागरिक सेवा वडापत्र कोठा नं. ३

लाग्ने समय

राहदानीको हकमाः-  राहदानी विभागबाट राहदानी बनी प्राप्त भए पछि ।

नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन ।

शुल्क

 

जिल्लाबाट राहदानीको लागि रु. ५,०००।– ,  हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– (तर विपदमा परी नष्ट भएको भए प्रहरी मुचुल्का ल्याएमा रु ५,०००।–)

राहदानी बनेर आइसकेपछि व्यक्तिगत त्रुटी भएमा रु. ५०००।-

राहदानी बनेको एक बर्षसम्म कार्यालयको तर्फबाट त्रुटी भएः निशुल्क तर एक बर्ष पछि रु. ५०००।-

जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने अधिकारी डिल्लीराम आचार्य
१)  फोटो टाँसी आवेदकले सही गरेको राहदानी आवेदन फाराम (तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ३ प्रति ।
२)  नेपाली ना.प्र.पत्रको छायाप्रति १ प्रति र फोटो (फोटो तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ४ प्रति ।
३)  नावालकको हकमा नावालक परिचय पत्र १ प्रति, अभिभावकसंगको नाता प्रमाणित   ।
४) ५ बर्ष उमेर सम्मका लागी रु. २५००।- र ५ बर्षको लागि मात्र राहदानी जारी गर्न सकिने ।
५) महिलाको हकमा  संरक्षक र संरक्षकको ना.प्र.पत्रको छायाप्रति ।
६) अन्य जिल्लावाट जारी भएका नागरिकताका हकमा सम्वन्धित जिल्लावाटै अभिलेख माग गरी प्रक्रिया अगाडी बढाउन सकिने ।  
७)   दु्त सेवाका लागि नागरिकताको अभिलेख प्रमाणित हुने ।
८) नेपालबाट  MRP एक पटक बनाइसके पछि पुन सिफारिस गर्न नपर्ने तर विदेश  नियोगबाट MRP बनाएमा पुनः सिफारिस गर्ने ।
 

 

नाबालक परिचय पत्रको हकमाः

१) संरक्षक व्यतिmको निवेदन र नाता प्रमाणितको प्रतिलिपी ।
२) बाबुआमाको ना.प्र.प. र नाता  प्रमाणितको फोटोकपी
३) गा.पा/न.पा. को सिफारिश (जन्ममिति  खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
४) जन्म मिति खुल्ने प्रमाण पत्र ।
५) आवश्यक परेमा वसाई सराई, आदि ।
६) विदेशमा जन्म भएकालाई सो को प्रमाण र  सम्बन्धित क्याम्पको पत्र ।
७) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।
८) धर्मपुत्र/धर्मपुत्री द्धारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने  बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र ना.प्र.प.

कोठा नं. ३  बाट कार्य सम्पन्न हुने ।

 नेपाली नागरिकता लगायतका प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।

3

स्थानीय प्रशासन शाखाको नागरिक सेवा वडापत्र कोठा नं. २

लाग्ने समय

सबै प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

क)गुनासो वा ठाडो उजुरीः-    रु. १० को टिकट

ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः-    रु. १० को टिकट
 

ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः-    रु. १० को टिकट

घ) अन्य व्यहोरा प्रमाणितः-    रु. १० को टिकट

ङ) संस्था दर्ताः-    रु. १० को टिकट र दर्ता शुल्क रु. १०००।-

च) संस्था नविकरणः--    रु. १० को टिकट, नविकरण शुल्क रु. ५००।-(बिलम्ब शुल्क नियमानुसार हुने)

छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः-    रु. १० को टिकट, प्रमाणपत्रको प्रतिलिपीका लागि रु. ५०।- र विधान प्रतिलिपीका लागि प्रति पानाको रु. ३।- को टिकट ।

ज) संस्थाको विधान संशोधनः-    रु. १० को टिकट

झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः-     रु. १० को टिकट

ञ) पत्रपत्रिका दर्ताः- -    रु. १० को टिकट, दैनिक रु १,०००।–, अर्ध साप्ताहिक रु ७००।–,  साप्ताहिक रु.   ५००।–, पाक्षिक रु.      ३००।–, मासिक र अन्य  २००।–

ट) छापाखाना दर्ताः-      रु. १० को टिकट, दर्ता शुल्क रु. १०००।-

ठ)  बादी परिचयपत्रः -   रु. १० को टिकट

ड) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः    रु. १० को टिकट,  नामसारी दस्तुर रु.१०००।–, जिल्ला भित्रको नबिकरण दस्तुर रु.१५०।–, अधिराज्य भरको लागि दस्तुर रु.३००।–   (विलम्ब शुल्क नियमानुसार)

ढ) शान्ति सुरक्षाः    रु. १० को टिकट

जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने अधिकारी डिल्लीराम आचार्य
क)गुनासो वा ठाडो उजुरीः-
१) सम्पूर्ण विवरण खुलेको निवेदन ।
२) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजहरु(उजुरीको प्रकृति हेरी जिल्ला प्रहरी कार्यालय, गा.पा./न.पा. वा सम्बन्धित निकायमा पठाउने, कार्यालयमा दुवैपक्ष झिकाई छलफल गराइ मिलाइने, वुझ्नु पर्ने उजुरीमा पक्ष विपक्षलाई तारेखमा राखेर मिलाइने वा सम्वन्धित निकायमा पठाइने) ।

ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः-
 १) सम्वन्धित व्यक्तिको निवेदन र ना.प्र.प. को प्रतिलिपी ।
२) सम्वन्धित पेन्सन पटृाको प्रतिलिपी (पेन्सनवालाको हकमा) ।
३) सम्वन्धित गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी ।
४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी आदि ।
५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का   ।

ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः-
१) सम्वन्धित व्यतिmको निवेदन ।
२) ना.प्र.प. र पेन्सन पटृाको प्रतिलिपी ।
३) गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण
४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि ।
५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का   ।

घ) अन्य व्यहोरा प्रमाणितः- 
१) व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाण कागजात ।
२) गा.पा./न.पा.को सिफारिस ।
३) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का   ।

ङ) संस्था दर्ताः- 
१. तोकिएको ढांचाको निवेदन र स्थानीय निकायको सिफारिश पत्र ।
२. विधान ४ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत ।
३  प्रवन्ध कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी ।
४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।

च) संस्था नविकरणः-
१ रित पूर्वकको निवेदन र संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
२ कार्य समितिको निर्णय प्रतिलिपी र पदाधिकारीहरुको नामावली ।
३ लेखा परीक्षण प्रतिवेदन र ईजाजतपत्रको प्रतिलिपी ।         
४ गा.पा./न.पा.कोे सिफारिश पत्र र कर चुक्ता प्रमाण ।
५ गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन ।
६ आउने आ.ब.को कार्य योजना

छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः-
१ निवेदन ।
२ कार्य समितिको निर्णयको प्रतिलिपि ।
३ संस्था दर्ता प्रमाण पत्र ।

ज) संस्थाको विधान संशोधनः-
१. निवेदन सहित साधारण सभाको निर्णयको प्रतिलिपी ।
२. तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था संशोधन कारण) ।
३. स्वीकृत विधानको प्रतिलिपी ।
४. गा.पा./न.पा.कोे सिफारिश पत्र

झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः-
१. निवेदन सहित संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र ।
२. विधानको प्रतिलिपी । 
३. कुन स्थानीय तहमा शाखा खोल्ने हो सो स्थानीय तहको  सिफारिस ।
४. नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी
५. कर चुक्ता प्रमाण ।

ञ) पत्रपत्रिका दर्ताः- 
१. अनुसूची–४ अनुसारको दरखास्त ।
२. प्रकाशकको नागरिकताको छायाप्रति र ४ प्रति फोटो ।
३  सम्पादकको नियुक्ति पत्र र संपादकको मन्जुरीनामा ।
४ संपादकको शैक्षिक योग्यता तथा नागरिकताको छायाप्रति ।( शैक्षिक योग्यताको हकमा एस.एल.सी.देखि स्नातक तह सम्मको मार्कसिट, चारित्रिक प्र.प र प्रोभिजनल सर्टीफिकेटका प्रतिलिपि वा एस.एल.सी उत्रिण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि चाहिने हुन्छ |
५ छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा । (छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपि चाहिने )
​६. प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय,संचालकहरुको ना.प्र.पत्र छायाप्रति र लेखा परीक्षण प्रतिवेदन । 
७. कर तिरेको प्रमाण ।

ट) छापाखाना दर्ताः- 
१.अनुसूची–१ अनुसारको दरखास्त ।
२ छापाखाना संचालककोे नागरिकता र फोटो ।
३ छापाखाना राख्ने ठाउंकोे घर जग्गाको प्रमाणहरु र लोकेशन नक्सा ।
४.छापाखानाका उपकरणहरु खरीद गरेकोे भए सो को प्रमाण ।
५. कुनै संस्था भए संस्थाको विधान र संस्थाको निर्णय प्रतिलिपी ।
६. कर तिरेको प्रमाण ।

ठ)  बादी परिचयपत्रः- 
१. निवेदन (नमूना बमोजिमको)
२. नागरिकताको छायाप्रति
३ गा.पा./न.पा.को सिफारीस

ड) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः-
१.निवेदन (नमूना बमोजिमको)
२ हातहतियार इजाजत पत्र (हतियार समेत) ।
३. नामसारीको हकमा मृत्युदर्ता, नाता प्रमाणित, स्थानीय निकायको सिफारिस ।
४. स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस ।

ढ) शान्ति सुरक्षाः-
१. यथार्थ विवरण सहितको निवेदन ।
२. नागरिकताको छायाप्रति ।

ण) नाम, जन्ममिति र थर सच्याउनेः-
१)  एस.एल.सी. परीक्षा उर्तिण भै प्रमाणपत्र पाएको मितिले ६ महिना भित्र निवेदन 
२)  सम्वन्धित गा.पा./न.पा.को सिफारिश 
३)   विद्यालयको सिफारिस र  फोटो २ प्रति                        
५)  ना.प्र. पत्रको फोटोकपी ।
६)  शिक्षा विकास तथा समन्वय इकाईको पत्र ।
७) शैक्षिक प्रमाणपत्रहरुको फोटोकपी

त) CC TV/Camera जडान जानकारी-
 १. CC TV/Camera जडान गरेको १५ दिन भित्र अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन पठाउने  ।

थ) RPA/Drone उडान अनुमति लिने सम्वन्धमाः-
१. तोकिएको ढाँचामा चेकलिष्ट सहितको निवेदन ।
२. दुई केजी भन्दा कम तौल भएको हुनु पर्ने ।
३. नेपालमा खरिद गरेको उडान उपकरणको हकमा कर विजक र विदेशबाट खरिद गरी ल्याएको उपकरणको हममा भन्सार विजक ।
४. उडान उपकरण सञ्चालनको उद्देश्य ।
५. उडान इजाजत पत्रको अवधि इजाजत पत्र जारी भएको मितिबाट बढीमा ३ महिनाको हुनेछ । 
६. नागरिक उड्ययन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाण पत्र र प्राधिकरणको उडान सहमति पत्र
७. उडानको स्पष्ट उद्देश्य र उडान गर्न चाहेको क्षेत्र तथा स्थान सम्वन्धी विवरण (Flight Details, Google/Flight Location Map), उडान शुरु गर्ने र सम्पन्न गर्ने अवधि खुलेको हुनु पर्नेछ ।
८. विदेशी व्यक्ति वा संस्थाको हकमा स्थानीय व्यक्ति वा एजेन्सीलाई दिइएको अधिकार पत्र(Authorization Letter)
९. RPA  उडान गर्ने व्यक्तिको बायोडाटा, नागरिकता वा राहदानी र विदेशी व्यक्तिको हकम Valid Visa
१०. शर्त पालना सम्वन्धी उडानकर्ताको प्रतिवद्धता ।

कोठा नं. ४ बाट काम हुने ।

नियमानुसार कार्य सम्पादन हुने । कामको प्रकृती अनुसार सक्कल कागजातहरु देखाउनु पर्ने भएकाले साथमा लिई आउनु पर्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-03-01 12:03:58

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया .