Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया

बाँसगढी नपा ५ बर्दिया

अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

5 महिना अगाडी

2076-08-26


4.jpg तस्बिर :

मिति २०७६।०८।२० मा यस इलाका प्रशासन कार्यालयको आयोजना तथा बाँसगढी नगरपालिकाको सहयोग र समन्वयमा यस बाँसगढी नगरपालिका वडा नं ५ स्थित पुस्तकालयको सभाहलमा सार्वजनिक सेवाप्रवाह, शान्ति सुरक्षा, विपद व्यवस्थापन, विकास निर्माण, सुशासन पारदर्शिता लगाएत समसामयिक विषय सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेज्यूको अध्यक्षता तथा बाँसगढी नगरपालिकाका नगरप्रमुख श्री शालिकराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्यले नागरिकता र राहदानी प्राप्ती सम्बन्धि कानुनी व्यवस्था र व्यवहारिक समस्याको बारेमा सहजिकरण गर्नु भएको थियो भने प्र.जि.अ. प्रेमलाल लामिछाने ज्यू ले समग्र सेवा प्रवाह सुशासन विकास निर्माण विपद् व्यवस्थापन शान्ति सुरक्षा लगायतका विषयमा सुझाव दिनुका साथै सहभागीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो । सो कार्यक्रममा यस इलाका प्रशासन कार्यालय बाँसगढी र बाँसगढी नगरपालिकाका कर्मचारीहरु, वडा सचिवहरु , सम्पुर्ण जनप्रतिनिधिहरुका साथै स्थानिय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।