नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


दशैं नजिकै वाँसगढी बजारमा अनुगमन

   हिन्दुहरुको महान् पर्व वडा दशैंमा उपभोक्ता हकहितलाई विशेष ध्यान दिइ मिति २०७४/०६/०८ गते वाँसगढी बजारमा इलाका प्रशासन कार्यालय, वाँसगढी नगरपालिका, स्वास्थ्य चौकी, उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, वाँसगढी, गुरुवावा एफ एम लगायतका प्रतिनीधिहरुको संयुक्त बजार अनुगमनमा देहायका कुराहरु नभएको र रु. ८८६०।अक्षरुपि आठहजार आठसय साठी मात्र मुल्य वरावरको सामान म्याद नाघेको पाइएकोले नष्ट गरिइएको छ ।

तपसिल :

  • सूपर पावर सुर्ती    – ५ पोका x १३०= ६५०।
  • वेसन              - ८ पोका  x ८ = २८०।      
  • कोकोनट  बिष्कुट    – २ पोका x ४५ = ९०।
  • पतंजली पापडी        - १ पोका  x ८५  = ८५।
  • पेय मिरिन्डा ( ६०० ml.) – ११ वटा x ८० = ८८०।                       
  • पेय डियु  (६०० ml.)   - १३ वटा x ८० = १०४०।
  • पेय डियु (२.२५ लि.)    -  १ वटा x १८० = १८०।
  • पेय कोक (१.५ लि.)   – २ वटा x १५० = ३००।
  • मेगाश्री गुटका        – ५ पोका x १८५ = ९२५।
  • हिमायल साबुन सानो   – १२ पिस x ३० = ३६०।
  • ग्लुकोज बिष्कीट        – १३ पिस x १० = १३०।
  • स्वस्तिक तेल (५०० ml.) – २ पोका x ६५ = १३०।
  • हिमालय साबुन ठुलो    – ५ पिस x ३० = १५०।
  • सुपर पावर सुर्ती ठुलो   – ५ पोका x १४० =७००।
  • जिरा पकेट – ५  पोका x १६० = ८००।
  • पेप्सी बोतल – ६० bottl x ३५ = २१००।                        

   जम्मा कुल रकम रु. ८८६०/-

  • मुल्यसुची कुनै पनि पसलमा नराखेको पाइएको छ ।
  • मदिरा र खाद्दन्न अलग अलग नराखी संयुक्त राखेको पाइएको छ ।
  • कोल्ड ड्रिंक सामानहरु तिन दिन अघि प्राप्त गरेको वीलमा देखिन्छ तर सामानहरु म्याद नाघेका छन । अधिकांश कोल्ड ड्रिंकका सामान म्याद नाघेका पाइएको छ ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय