नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


बजार अनुगमन

       मिति २०७४/०५/३१ गते वाँसगढी नगरपालिकाको लखना वजारदेखि माछागढसम्ममा सञ्चालनमा रहेका विभिन्न मासु पसलहरुको अनुगमन गरिइएकोछ । उक्त अनुगमनमा वाँसगढी नपाका नगरप्रमुख श्री सालिकराम अधिकारी, कार्यकारी अधिकृत श्री कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालय, वाँसगढीका शाखा अधिकृत श्री महेन्द्रजङ्ग शाही, वाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष श्री कटकबहादुर वि सी, इलाका प्रहरी कार्यालय, वाँसगढीका प्रहरी निरीक्षक श्री चक्रबहादुर डम्मरपाल, स्वास्थ्य चौकी प्रमुख श्री सुरेशकुमार रेग्मी,  पशु स्वास्थ्य केन्द्रका डा प्रेमकुमार मण्डल, पशु प्राविधिक श्री ठाकुरदयाल शाह, गुरुवावा एफ एमका प्रतिनीधि विमला चौधरी समेतको सहभागितामा संयुक्त अनुगमन गरिइएको र अनुगमनमा पाइएको कुराहरु देहाय वमोजिम छ ।

तपसिल :

  1. चाँद रांगा मासु पसल, बाँसगढी -३ (गौडी) : नगरपालिकाको (वा.न.पा.) को सिफारिस भएको तर दर्ता र मापदण्ड नभएको ।    
  2. माछापुच्छ्रे फ्रेस हाउस, बाँसगढी -५, बर्दिया : मापदण्ड पुरा भएको, नविकरण भएको तर गाउन, पंजा लगाउने कार्य नगरेको  ।
  3. टु स्टार फ्रेस हाउस, बाँसगढी -५, बर्दिया : बजारमा उत्तम फ्रेस हाउसको रुपमा पाइएको ।
  4. महत फ्रेस हाउस, बाँसगढी -३, लखना, बर्दिया : सरसफाइमा कमी  देखिइएको ।
  5. चौधरी बंगुर एंड सेकुवा सेन्टर, बाँसगढी -५, बर्दिया : दर्ता नगरिएको र मापदण्ड पुरा नगरिएको ।
  6. चौधरी बंगुर मासु सेन्टर, माछागढ़, बाँसगढी – ९, बर्दिया : दर्ता नगरिएको ।

नोट :- तीन पटकसम्ममा समय दिदासम्म पनि दर्ता नगरेकाले ३ वटा कुखुरा पसल, गोबिन्द पौडेल फ्रेस हाउस, चौधरी फ्रेस हाउस र जाजरकोट होटलको मासु पसल बन्द गरिएको छ

      बधशाला निर्माण र माछा मासु पसलहरुलाई सचेत तथा अभिमुखी गराउनुपर्ने, कुनै पनि पसलमा मूल्य सुची नभएको तथा मूल्य फरक फरक रहेको पाइएको छ ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय