नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


नागरिकता सम्वन्धी घुम्ती सेवा शिविर

जिल्ला प्रशासन कार्यालय, वर्दियाको च. नं. ३१९ मिति २०७४/०५/२५ गतेको प्राप्त पत्रानुसार फोटोसहितको मतदाता नामावली संकलन कार्यलाई मध्यनजर गरी मिति २०७४/०५/२८ गते शनिवारका दिन वाँसगढी नगरपालिका वडा नं.१ स्थित चेपाङ्गमा नागरिकता सम्वन्धी घुम्ती सेवा शिविर सञ्चालन भै उक्त शिविरमा महिला पुरुष गरी जम्मा ३५ जना मानिसहरुले वंशजको नागरिकता प्राप्त गरेका छन् । सो दिनमा अविरल वर्षाका कारण दुर्गम ग्रामीण भेग खोटे, वाटुले, भंगाले जस्ता स्थानवाट न्युन संख्यामा उपस्थित भए भने उपस्थित सेवाग्राहीलाई पनि विजुली अभाव वर्षात सडक अवरुद्धले प्रभावित भै कम संख्याले सेवा लिएका हुन् । यस शिविरमा प्रमुख जिल्ला अधिकारी श्री विष्णुबहादुर थापाको विशेष निर्देशनमा शाखा अधिकृत श्री महेन्द्रजङ्ग शाही, नायव सुब्बा द्वय मोहनप्रसाद लम्साल, कृष्णप्रसाद पौडेल, सहायक कम्प्युटर अप्रेटर श्री क्षितिज पौडेल, कार्यालय सहयोगी द्वय श्री प्रतिमा थारु चौधरी, गौरी वि क र हलुका सवारी चालक श्री विष्णु थापा सरकारी गाडी वा १ झ ३८३ सहित खटिइएका हुन ।

Additional Documents

Title Size Download
6688_d41d8cd98f00b204e9800998ecf8427e_1504591931_..docx 11 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय