नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


बजार अनुगमन

२०७४ साल आसाढ २५ गतेका दिनबाँसगढी नगरपालिका -५, स्थित बजार क्षेत्रमा रहेका निम्न भेट तथा एग्रोभेटसेन्टरहरुमा अनुगमन बरिस्ठ कृषि विकास अधिकृत श्री परशुरामरावतको संयोजकत्वमा ईलाका प्रशासन कार्यालय बाँसगढी प्रमुख, घरेलु तथा साना उधोग कार्यालय गुलरियाका उधोग अधिकृत,जिल्ला कृषि बिकास कार्यालयका एग्रोभेट र भेट सम्बन्धि प्राबिधिक, पत्रकार लक्ष्मण ढुंगाना र डिल प्रकाश गौतम समेतका अनुगमन कर्तावाट बजार अनुगमन गर्दा मुल्य सुची, बिपदमा प्रयोग हुने बालुवा, पनी , साबुन, सबैमा नराखेको र आंशिक रुपमाराखेको  पाइएको छ । बिषादी र औषधी अलग अलग नराखी एउटै स्थानमा राखिएको, साबधान वा Danger दुइ ओटा पसलमा मात्र राखिएको पाइएको छ भने Date Expired बक्स एक ओटा भेट सेन्टरमा मात्र राखेको पाइएको भएतापनि आगामी समयमासबै पुरा गर्ने प्रतिबद्दता जनाएका छन

 

तपसिल

१.      जनप्रिय भेट सेन्टर बाँसगढी-५, बर्दिया

-    सियाराम थारु मो. ९८०४५४२५३५

२.      बिनोद भेट सेन्टर, बाँसगढी-५, बर्दिया

-    बालकृष्ण चौधरी

३.      थापा एग्रोभेट सेन्टर-बाँसगढी-५, बर्दिया

-    बसन्तध्वज थापा

४.      श्रेष्ठ एग्रोभेट सेन्टर, बाँसगढी-५, बर्दिया

५.      गौतम भेट सेन्टर, बाँसगढी-५, बर्दिया

६.      बर्षा भेट सेन्टर, बाँसगढी-५, बर्दिया , जनज्योति एग्रोभेट सेन्टर, बाँसगढी-५, बर्दिया

 

नोट #:बिषादी बिक्रि हुने स्थानमा बिक्रेताले मास्क, ग्लोब्स अनिबार्य लगाउनु पर्ने कानुनी ब्यबस्था छ

यसरी गरिइएको अनुगमनले उपभोक्ताले न्युनतम रुपमा पाउनु पर्ने मुल्य, मिति सकिएका औसधि, तथा बिषादीको प्रयोगले हुने हानि नोक्सानी र स्वयम बिक्रेताले कम्तिमा पनि अनिवार्य रुपमा आफु सुरक्षित रहनका लागि नजिकै बालुवा पानी, साबुन राख्ने हातमा ग्लोब्स र मुखमा माक्स लगाउनु पर्ने जस्ता बिषयमा सचेत भएको पाइएको छ ।आगामी समयमा गरिने अनुगमनमा केहि सुधार हुने संकेत मिलेको छ । बर्षको अन्ततिर भए पनि खेतिपातीको सिजन भएकाले यो अनुगमन असाध्यै महत्वपूर्ण हो ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय