नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


स्थानीय निर्वाचन सम्बन्धि बैठक सम्पन्न

मिति २०७४/०२/१४  गते बिहान ७:०० बजे लाका प्रशासन कार्यालय बाँसगढी, बर्दियाका प्रमुख श्री महेन्द्रजंग शाहीको अध्यक्षतामा स्थानीय तहको निर्वाचन सम्बन्धमा सर्बदलिय बैठक सम्पन्न भएको छ । उक्त बैठकमा राजनैतिक दलका प्रमुख र बाँसगढी नगरपालिकामा प्रतिस्पर्धा गर्ने सबै दलका उम्मेदवार समेतको उपस्थिति रहेको छ । छलफलमा उम्मेद्वारहरुले निर्वाचनको आचार संहिता भित्र रहेर कार्य गर्ने प्रतिबद्दता जनाएका छन । उक्त बैठकमा मतदाताला मतदानकेन्द्रसम्म स्वत: स्फुर्त भय रहित बाताबरणमा उपस्थित हुन सबैले आ-आफ्नो स्थान र तहबाट सचेतीकरण र सहयोग गर्ने, सबै राजनीतिक दल,उम्मेदवारकार्यकर्ताहरुले स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगलाई हरहालतमा सहयोग गर्दै नागरिक अधिकार संरक्षण गर्ने

स्वस्थस्वतन्त्रमर्यादितनिश्पक्ष र बिश्वासनीय निर्वाचनको सुनिश्चिततताको लागि सबै मतदाताहरुमा उत्साह उमंगसाथ मतदानकार्यमा सरिक र सक्रिय रहनाका लागि सुरक्षाको भरपर्दो ब्यबस्था मिलाईएको र सो सन्दर्भमा सबै राजनीतिक दलले चुनाबमा  शान्तिपूर्ण रुपमा प्रचार प्रसार गर्ने प्रतिबद्दता जनाएका छन 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय