नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


मासु पसल (फ्रेस हाउस) अनुगमन

मिति २०७३/०९/२० गते बिहान ८:०० बजे देखि १०:०० बजे सम्म बाँसगढी स्थित देहायका बिभिन्न मासु पसल (फ्रेस हाउस) हरुमा निरीक्षण गर्दा  साइन बोर्ड मुल्य सुची दर्ता नभएका -५, स्वच्छ मासु उत्पादन सम्बन्धी तालिम, बिक्रेताको हातमा पंजा एप्रोन नभएका -४ , बिक्रि कक्षमा कोल्डभेनको ब्यबस्था फ्रिज भएको – ६ पाईएकोले सरसफाई लगाएत न्यूनतम मापदण्ड पुरा नगरेका मासु पसलहरुमा थप ब्यबस्था गर्न निर्देशन दिएको छ । अनुगमनमा इलाका प्रशासन कार्यालय बाँसगढीको संयोजकत्वमा पशु सेवा केन्द्र, बाँसगढी नगरपालिकाको कार्यालय, इलाका प्रहरी कार्यालय, बाँसगढी उधोग बाणिज्य संघ र  रेडियो गुर्वावा एफ एम प्रतिनिधिको सक्रियतामा गरिएको हो ।

 

 

तपसिल

 

  1. जाजरकोटि होटेल बाँसगढी ८ बर्दिया
  2. माछापुच्छ्रे फ्रेसहाउस बाँसगढी ८ बर्दिया
  3. चाद राँगा मासु पसल बाँसगढी ४ बर्दिया
  4. टु-स्टार फ्रेस हाउस बाँसगढी ८ बर्दिया
  5. महत फ्रेस हाउस बाँसगढी ४ बर्दिया
  6. प्रकाश फ्रेस हाउस बाँसगढी 4 बर्दिया
  7. अमित फ्रेस हाउस बाँसगढी ८ बर्दिया

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय