नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


कार्यालयले गर्यो छड्के हाजिरी

कर्मचारीका कारण सार्वजनिक सेवामा जनगुनासो बढेपछी ईलाका प्रशासन कार्यालय बर्दिया बांसगढीले बाँसगढी नगरपालिकाको संयुक्त वडा कार्यालय डेउढाकला र डेउढाकला स्वास्थ्य चौकीमा हाजिरी छड्के गरेको छ । यस कार्यालयवाट बिहान १०:३० बजे छड्के हाजिरी गरिएको र  हजिरि छड्केमा दुई कार्यालयका १६ कर्मचारी संख्या मध्य ९ जना अनुपस्थित भएको पाइएको छ । अनुपस्थित २ जनाको हाजिरी रजिस्टरमा नाम मात्र उल्लेख भएको तर हाजिर नै नभएको भेटिएको छ । बिदा वा काजमा जाने कर्मचारीले केहि पनि रजिस्टरमा नजनाइएको पाइएको छ । अनुपस्थित रहने कर्मचारीहरुसंग सो सम्बन्धमा के भएको हो खुलाई पठाउन सम्बन्धीत कार्यालयहरुलाई पत्राचार गरी स्पष्टीकरण समेत माग गरिएको छ । ३ जना कर्मचारी कार्यालयमा कार्यालयको ब्यबस्थापन तथा सरसफाइमा संलग्न भएको पाइएको छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय