नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाँसगढी, बर्दिया


  

  • कार्यालयकाे वार्षिक प्रगती प्रतिवेदन २०७५-४-६

    यस र्इलाका प्रशासन कार्यालय बाँसगढी बर्दियाले अा.व. २०७४/०७५ मा देहाय बमाेजिमकाे कार्य सम्पन्न गरी रू. २७,७२,४५०/- (अक्षरूपी सत्ताइसलाख बहत्तरहजार चारसय पचास) राजस्व संकलन गर्न सफल भएकाे छ ।

  • सुनचांदी पसल अनुगमन २०७५-३-४

    मिति २०७५-०३-०३ गते इलाका प्रशासन कार्यालय बाँसगढी को नेतृत्वमा उद्योग बाणिज्य संघ, बाँसगढी नगरपालिका, इलाका प्रहरी कार्यालय बाँसगढी  प्रतिनिधित्व र प्रत्रकारवर्गहरु समेतको संयुक्त प्रयासमा बाँसगढी बजारमा रहेका विभिन्न सुनचांदी पसलहरुको अनुगमन गरिएको छ भने अनुगमनका  क्रममा विभिन्न पसलहरुबाट लिएका नमुनाहरु आवश्यक परीक्षणको लागि सम्बन्धित निकायमा पठाईएको छ |

  • विधुतीय हाजिर सम्वन्धमा २०७५-१-२१

    सरकारी सेवा सबै विधुतीय माध्यमवाट गरी कर्मचारीहरूकाे समयपालना र नियमिततामा विधुतीय हाजिर गराइ अनुगमन र अभिलेखमा सहज र प्रविधिमैत्री बनाउने, काजगरहित प्रशासन सेवा गर्ने नीति अनुरूप मिति २०७५।१।१४ गतेदेखि यस कार्यालयमा विधुतीय हाजिर प्रविधि (E-Attendence Device) राखी विधुतीय हाजिर ( E-Attendence)  गर्न शुरू गरिएकाे छ । परीक्षणका रूपमा रहेकाेले एक महिना  दुवैतिर ढड्डा र विधुतीय हाजिर (E-Attendence)  गरिनेछ ।

  • निः शुल्क रूपमा जग्गादाताबाट जग्गा प्राप्ति । २०७४-११-२२

    मिति २०७३।२।२६ गते माननीय गृहमन्त्री शक्तिबहादुर वस्तेतज्युवाट उद्घाटन भै सञ्चालनमा आएको पनि करीव दुइ वर्षको नजिक छ । गृह मन्त्रालयको चं. नं. ७३२ मिति २०७३।११।१८ को प्राप्त पत्रानुसार इलाका प्रशासन कार्यालय,वाँसगढी, वर्दियाका लागि उपयुक्त पायक पर्ने स्थानमा निःशुल्क रुपमा जग्गा दिन चाहने व्यक्ति/ संघसंस्थाले आफुले दिन चाहेको जग्गाको कित्ता नं. क्षेत्रफल र स्थान खुलाइ निवेदन दिन एक महिना (३० दिने) सुचना मिति २०७३।११।२० गते प्रकाशित गरियो । सोही सुचनालाइ सहयोग पुग्ने उदेश्य राखी वाँसगढी नगरपालिकामा पनि राजनैतिक दलको वैठक राखी सबैलाई सुचना गरि दिन र सहयोग पुर्याउनका लागि मिति २०७३।११।२६ मा निर्णय पनि गरियो । सोही सुचना र राजनैतिक दलको…

  • बाँसगढीस्थित मासु पसल अनुगमन २०७४-११-१५

    बाँसगढी बजार क्षेत्रमा रहेका  विभिन्न फ्रेस हाउस, ह्याचरी, माछा पसल, एग्राेभेट समेत २२ वटा पसलहरुमा मिति २०७४/११/०७ गते र एे ११ गते बाँसगढी न‌.पा. उप प्रमुखकाे संयाेजकत्वमा बाँसगढी उ.वा. संघ र सरकारी कार्यालयहरुकाे सहभागितामा अनुगमन गरी देहाय बमाेजिमकाे  भएकाे व्यहाेरा जानकारी गरान्छ । तपसिलः १. अनुगमन गरिएका फ्रेस हाउस तथा मासु पसलहरु ः क. चाँद  मासु पसल,  बाँसगढी-५ - दर्ता, मुल्य सुची, साइनबाेट नभएकाे, सरसफाइ नभएकाे र अन्य मापदण्ड नभएकाे  ख. धामी मासु पसल, बाँसगढी-५ - मुल्य सुची नभएकाे ग. गाेविन्द फ्रेस हाउस, बाँसगढी-५ -साइनबाेट,  मुल्य सुची र दर्ता नभएकाे घ. रानाराम चाैधरी ,  बाँसगढी -५ - केही नगरेकाे ङ. माछापुच्छे फ्रेस…

  • दाेस्राे बाँसगढी बर्दिया माघी महाेत्सव-२०७४ सम्पन् २०७४-१०-२८

    बाँसगढी उद्याेग बाणिज्य संघकाे मुख्य अायाेजनामा मिति २०७४ माघ १२ देखी २२ गते सम्म दाेस्राे बाँसगढी अाैधाैगिक,कृषी, पर्यटन,व्यापार मेला एवं बर्दिया माघी महाेत्सव–२०७४ भव्यताका साथ सु– सम्पन्न भएकाे छ । साे महाेत्सवकाे उद्घाटन नेपाल सरकारका सिंचाई मन्त्री एवं बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका माननीय सांसद संजय कुमार गाैतम ज्युले गर्नुभएकाे हाे । उक्त मेला एवं महाेत्सवमा कृषी प्रदर्शनी,फेन्सी,भाडावर्तन,अटाेमाेबाईल्स,घरेलु उधाेग, जुत्ता चप्पल, जडीबुटी, ट्रेडर्स, गाडीकाे शाे रुम, भार्गव विकार वैँकका स्टल, स्थानीय थारु गाउँ, साँस्कृतिक गरी विभिन्न २०० स्टलहरु राखिएकाे र उक्त मेलामा डुङ्गापिङ, झुलापिङ, रेलगाडी, सर्कस, बालबालिकाका लागी मनाेरञ्जनका लागी विभिन्न ईभेन्ट्सहरु राखिएकाे थियाे । एघार दिनसम्म लागेकाे…

  • दशैं नजिकै वाँसगढी बजारमा अनुगमन २०७४-६-९

       हिन्दुहरुको महान् पर्व वडा दशैंमा उपभोक्ता हकहितलाई विशेष ध्यान दिइ मिति २०७४/०६/०८ गते वाँसगढी बजारमा इलाका प्रशासन कार्यालय, वाँसगढी नगरपालिका, स्वास्थ्य चौकी, उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, वाँसगढी, गुरुवावा एफ एम लगायतका प्रतिनीधिहरुको संयुक्त बजार अनुगमनमा देहायका कुराहरु नभएको र रु. ८८६०।अक्षरुपि आठहजार आठसय साठी मात्र मुल्य वरावरको सामान म्याद नाघेको पाइएकोले नष्ट गरिइएको छ । तपसिल : सूपर पावर सुर्ती    – ५ पोका x १३०= ६५०। वेसन              - ८ पोका  x ८ = २८०।       कोकोनट  बिष्कुट    – २ पोका x ४५ = ९०। पतंजली पापडी        - १ पोका  x ८५  = ८५। पेय मिरिन्डा ( ६००…

  • बजार अनुगमन २०७४-६-८

           मिति २०७४/०५/३१ गते वाँसगढी नगरपालिकाको लखना वजारदेखि माछागढसम्ममा सञ्चालनमा रहेका विभिन्न मासु पसलहरुको अनुगमन गरिइएकोछ । उक्त अनुगमनमा वाँसगढी नपाका नगरप्रमुख श्री सालिकराम अधिकारी, कार्यकारी अधिकृत श्री कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालय, वाँसगढीका शाखा अधिकृत श्री महेन्द्रजङ्ग शाही, वाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष श्री कटकबहादुर वि सी, इलाका प्रहरी कार्यालय, वाँसगढीका प्रहरी निरीक्षक श्री चक्रबहादुर डम्मरपाल, स्वास्थ्य चौकी प्रमुख श्री सुरेशकुमार रेग्मी,  पशु स्वास्थ्य केन्द्रका डा प्रेमकुमार मण्डल, पशु प्राविधिक श्री ठाकुरदयाल शाह, गुरुवावा एफ एमका प्रतिनीधि विमला चौधरी समेतको सहभागितामा संयुक्त अनुगमन गरिइएको र अनुगमनमा पाइएको कुराहरु देहाय वमोजिम छ । तपसिल : चाँद रांगा मासु पसल, बाँसगढी…

  • CC TV जडान गरिएको बारे २०७४-५-२१

    विभिन्न क्रियाकलापहरुका कारण घटना तथा दुर्घटना यस क्षेत्रमा वढेका र मुख्य सडकमा सवारी दुर्घटना लगायत हरेक अपराधिक कृयाकलाप र आवतजावत निगरानी गर्न साथै यस कार्यालयको आर्थिक प्रशासन, प्राविधिक, नागरिकता, राहदानी र मुख्य राजमार्गमा CCTV ( Close Circuite Television) वाट निगरानीका लागि ७ वटा विभिन्न इन्डोर  2 mp-३, आउटडोर 2 mp-२, High Night Vision Power-4 mp-२ क्यामेरा जडान गरिइएको छ । मिति २०७४।०४।२५ गतेदेखि ‌३२ गतेसम्मको प्राविधिक कार्य सम्पन्न भै मिति २०७४।५।१ गतेदेखि सञ्चालनमा ल्याइ परीक्षण गरिएको छ । यसको केही दिन परीक्षण गरिने र त्यसपछि पूर्ण सञ्चालनमा आउने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।

  • नागरिकता सम्वन्धी घुम्ती सेवा शिविर २०७४-५-१९

    जिल्ला प्रशासन कार्यालय, वर्दियाको च. नं. ३१९ मिति २०७४/०५/२५ गतेको प्राप्त पत्रानुसार फोटोसहितको मतदाता नामावली संकलन कार्यलाई मध्यनजर गरी मिति २०७४/०५/२८ गते शनिवारका दिन वाँसगढी नगरपालिका वडा नं.१ स्थित चेपाङ्गमा नागरिकता सम्वन्धी घुम्ती सेवा शिविर सञ्चालन भै उक्त शिविरमा महिला पुरुष गरी जम्मा ३५ जना मानिसहरुले वंशजको नागरिकता प्राप्त गरेका छन् । सो दिनमा अविरल वर्षाका कारण दुर्गम ग्रामीण भेग खोटे, वाटुले, भंगाले जस्ता स्थानवाट न्युन संख्यामा उपस्थित भए भने उपस्थित सेवाग्राहीलाई पनि विजुली अभाव वर्षात सडक अवरुद्धले प्रभावित भै कम संख्याले सेवा लिएका हुन् । यस शिविरमा प्रमुख जिल्ला अधिकारी श्री विष्णुबहादुर थापाको विशेष निर्देशनमा शाखा अधिकृत श्री महेन्द्रजङ्ग…

  • बजार अनुगमन २०७४-३-२७

    २०७४ साल आसाढ २५ गतेका दिनबाँसगढी नगरपालिका -५, स्थित बजार क्षेत्रमा रहेका निम्न भेट तथा एग्रोभेटसेन्टरहरुमा अनुगमन बरिस्ठ कृषि विकास अधिकृत श्री परशुरामरावतको संयोजकत्वमा ईलाका प्रशासन कार्यालय बाँसगढी प्रमुख, घरेलु तथा साना उधोग कार्यालय गुलरियाका उधोग अधिकृत,जिल्ला कृषि बिकास कार्यालयका एग्रोभेट र भेट सम्बन्धि प्राबिधिक, पत्रकार लक्ष्मण ढुंगाना र डिल प्रकाश गौतम समेतका अनुगमन कर्तावाट बजार अनुगमन गर्दा मुल्य सुची, बिपदमा प्रयोग हुने बालुवा, पनी , साबुन, सबैमा नराखेको र आंशिक रुपमाराखेको  पाइएको छ । बिषादी र औषधी अलग अलग नराखी एउटै स्थानमा राखिएको, साबधान वा Danger दुइ ओटा पसलमा मात्र राखिएको पाइएको छ भने Date Expired बक्स एक ओटा…

  • स्थानीय निर्वाचन सम्बन्धि बैठक सम्पन्न २०७४-२-१४

    मिति २०७४/०२/१४  गते बिहान ७:०० बजे ईलाका प्रशासन कार्यालय बाँसगढी, बर्दियाका प्रमुख श्री महेन्द्रजंग शाहीको अध्यक्षतामा स्थानीय तहको निर्वाचन सम्बन्धमा सर्बदलिय बैठक सम्पन्न भएको छ । उक्त बैठकमा राजनैतिक दलका प्रमुख र बाँसगढी नगरपालिकामा प्रतिस्पर्धा गर्ने सबै दलका उम्मेदवार समेतको उपस्थिति रहेको छ । छलफलमा उम्मेद्वारहरुले निर्वाचनको आचार संहिता भित्र रहेर कार्य गर्ने प्रतिबद्दता जनाएका छन । उक्त बैठकमा मतदातालाई मतदानकेन्द्रसम्म स्वत: स्फुर्त भय रहित बाताबरणमा उपस्थित हुन सबैले आ-आफ्नो स्थान र तहबाट सचेतीकरण र सहयोग गर्ने, सबै राजनीतिक दल,उम्मेदवार, कार्यकर्ताहरुले स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगलाई हरहालतमा सहयोग गर्दै नागरिक अधिकार संरक्षण गर्ने। स्वस्थ, स्वतन्त्र, मर्यादित, निश्पक्ष र बिश्वासनीय निर्वाचनको सुनिश्चिततताको लागि सबै मतदाताहरुमा उत्साह उमंगसाथ मतदानकार्यमा सरिक र सक्रिय रहनाका लागि…

  • शैक्षिक गुणस्तर सुधारका लागि बैठक सम्पन्न २०७४-१-२०

    शैक्षिक गुणस्तर सुधारका लागि बैठक सम्पन्न     मिति २०७४ साल बैशाख १९ गतेका दिन बाँसगढी नगरपालिका क्षेत्रभित्र रहेका बिभिन्न १२ ओटा माध्यामिक बिद्यालयका प्राध्यानाध्यापक, श्रोत ब्यक्ति, बाँसगढी नगरपालिका र सुरक्षा निकाय समेतको उपस्थितिमा ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख श्री महेन्द्रजंग शाहीको अध्यक्षतामा माध्यामिक बिद्यालय स्तरीय शिक्षा पूर्ण: निशुल्क र गुणस्तरीय शिक्षा आवश्यक बिषयक बैठक बसी शिक्षामा भएको प्रगति र अवस्था कमजोर भएकोले अझ यसको स्तरोन्नति र गुणस्तरीय शिक्षा प्रदानका लागि समुदाय, अभिभावक, बिद्यालय प्रशासन, बिद्यालय व्यस्थापन समितिले विद्यालयको बाताबरण बालबालिकामैत्री, प्रबिधिमैत्री र बिश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादनमा सबै सजग र सक्रिय रहने प्रतिबद्दता सबैबाट भएको छ ।

  • पहिलो पटक आमाको नामवाट नागरिकता जारी गरिएको २०७३-१०-२०

    मिति २०७३/१०/१९ गते बाँसगढी नगरपालिका वडा ७ बस्ने बर्ष २३ को रमेश बि क लाइ जिल्ल्ला प्रशासन कार्यालय बर्दियाको मिति २०७३/१०/१० गतेको निर्णय अनुसार आमा सुन्तली बि क को नाम वाट बंशजका आधारमा नागरिकता नम्बर ६५-०२-७३-११४७५ जारी गरिएको छ । बाबुको नाम, थर ठेगाना एबं बंशज पछि सम्म कहिँ कतै बाट खुल्न आए वा कानुन बमोजिम ठहरीए सोहि बमोजिम हुने गरी हाललाइ आमा सुन्तली बि क को बंशजको नामवाट जारी गरिएको हो ।    

  • सडक डिभिजनको प्रयास २०७३-९-२०

    पुर्व पश्चिम राजमार्गको बाँसगढी नगर क्षेत्र मानखोला देखि पश्चिम ग्यांगनदि सम्मको १५.५ किमी सडक मार्गमा बिगत एक बर्षको तथ्यांकलाइ हेर्ने हो भने १०२ भन्दा बढी २०७३ श्रावण देखि मर्गशिर सम्मको ७० र २०७३ साल पौष १५ सम्मको १५ दिनको मात्र ७ वटा सवारी घट्ना हेर्दा हरक दिनमा २ वटा दुर्घटना भएको अवस्थाले सडकको कमजोर अवस्था (Poor condition ) भै प्रमुख कारण हुन गएको अव्स्थालाई मध्यनजर गरी सडकको स्तर उन्नति दायाँबायाँ फराकिलो (२५ मित्/२५ सडक ६ मिटर साइट खाली गरी ३१ मीटर सडक अतिक्रमणमा रहेको संरचना, घरटहरा, ठेला, घुम्टी, तथा सामाग्री हटाउन लागि परेको जनजवाव (public pressure) राजनैतिक प्रतिबद्दता उद्योगी, ब्यापारी,…

  • मासु पसल (फ्रेस हाउस) अनुगमन २०७३-९-२०

    मिति २०७३/०९/२० गते बिहान ८:०० बजे देखि १०:०० बजे सम्म बाँसगढी स्थित देहायका बिभिन्न मासु पसल (फ्रेस हाउस) हरुमा निरीक्षण गर्दा  साइन बोर्ड मुल्य सुची दर्ता नभएका -५, स्वच्छ मासु उत्पादन सम्बन्धी तालिम, बिक्रेताको हातमा पंजा एप्रोन नभएका -४ , बिक्रि कक्षमा कोल्डभेनको ब्यबस्था फ्रिज भएको – ६ पाईएकोले सरसफाई लगाएत न्यूनतम मापदण्ड पुरा नगरेका मासु पसलहरुमा थप ब्यबस्था गर्न निर्देशन दिएको छ । अनुगमनमा इलाका प्रशासन कार्यालय बाँसगढीको संयोजकत्वमा पशु सेवा केन्द्र, बाँसगढी नगरपालिकाको कार्यालय, इलाका प्रहरी कार्यालय, बाँसगढी उधोग बाणिज्य संघ र  रेडियो गुर्वावा एफ एम प्रतिनिधिको सक्रियतामा गरिएको हो ।     तपसिल   जाजरकोटि होटेल बाँसगढी…

  • कार्यालयले गर्यो छड्के हाजिरी २०७३-९-७

    कर्मचारीका कारण सार्वजनिक सेवामा जनगुनासो बढेपछी ईलाका प्रशासन कार्यालय बर्दिया बांसगढीले बाँसगढी नगरपालिकाको संयुक्त वडा कार्यालय डेउढाकला र डेउढाकला स्वास्थ्य चौकीमा हाजिरी छड्के गरेको छ । यस कार्यालयवाट बिहान १०:३० बजे छड्के हाजिरी गरिएको र  हजिरि छड्केमा दुई कार्यालयका १६ कर्मचारी संख्या मध्य ९ जना अनुपस्थित भएको पाइएको छ । अनुपस्थित २ जनाको हाजिरी रजिस्टरमा नाम मात्र उल्लेख भएको तर हाजिर नै नभएको भेटिएको छ । बिदा वा काजमा जाने कर्मचारीले केहि पनि रजिस्टरमा नजनाइएको पाइएको छ । अनुपस्थित रहने कर्मचारीहरुसंग सो सम्बन्धमा के भएको हो खुलाई पठाउन सम्बन्धीत कार्यालयहरुलाई पत्राचार गरी स्पष्टीकरण समेत माग गरिएको छ । ३ जना…

  • इलाका प्रशासन कार्यालय बाँसगढ़ी, गृहमन्त्रीज्यु वाट २०७३-२-२६

    इलाका प्रशासन कार्यालय बाँसगढ़ी, गृहमन्त्री शक्ति बस्नेत द्धारा उद्घाटन   बर्दिया, जेठ २६ गते बर्दियाको बाँसगढी नगरपालीकामा बुधबार ईलाका प्रशासन कार्यालयको उद्घाटन गरीएको छ । ईलाका प्रशासन कार्यालयको उद्घाटन गृहमन्त्री शक्ति बस्नेतले गर्नु भएको हो । मन्त्री बस्नेत कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै असन्तुष्ट दलहरुलाई सहमतिमा आउनु आग्रह गर्नु भएको छ । सहमति र सहकार्यमा सबिधानलाई आबश्यकता अनुसार परिमार्जन गर्न सकिने कुरा बताउनु भयो । नयाँ सबिधान बिगतका सबिधान भन्दा अलि फरक भएकोले नेपाली जनताले सबिधान कार्यान्वयन भएपछि शिक्षा , रोजगारी, सिर्जना गर्ने खालको रहेको बताउनु भयो । आब सबिधानलाई ब्यबहारिक कार्यन्वयन गर्ने जिम्मा सम्पुर्ण नेपालीको काँधमा आएको छ भन्नु…

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय